बिहीबार, वैशाख १३, २०८१
17:18 | २२:०३

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त   

रासस मार्च १९, २०२१

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएपछि अधिवक्ता रमेश बडाललाई  महान्यायाधिवक्तामा नियुक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७, चाबहिल निवासी अधिवक्ता बडाललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

यसअघि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजैदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए ।

राष्ट्रपतिले खरेललाई महान्यायाधिवक्ताका हैसियतले गरेको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू