बिहीबार, वैशाख १३, २०८१
12:33 | १७:१८

कांग्रेस नेता जोशीको अवस्था गम्भीर (अपडेट)

नेपाली लिङ्क मार्च १६, २०२१


काठमाडौं । मस्तिष्क घात भई नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था थप गम्भीर बनेको अस्पतालले जनाएको छ ।

यसअघि विभिन्न मिडिया तथा सामाजिक सन्जालमा जोशीको निधन भएको खवर फैलिएपछि अस्पतालले नयाँ अवस्थाबारे जानकारी दिएको हो । 

फागुन १४ गते अस्पताल भर्ना भएका नेता जोशीको स्वास्थ्यमा केही दिनको उपचारपछि सुधार आएको थियो । तर अवस्था पुन: बिग्रिएपछि उनलाई भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

(सच्याइएको: यसअघि उनीबारे प्रकाशित निधनको समाचार सच्याउंदै क्षमाप्रार्थी छौं)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू