मंगलबार, चैत ६, २०८०
02:11 | ०७:५६

अमेरिकामा मेसम्म सबै वयस्कहरुलाई खोप लगाइने

रासस/एएफपी मार्च १२, २०२१

अमेरिकी राष्ट्रपति जो बाइडेन । तस्बिर- एएफपी

वाशिङ्टन डिसी, २८ फागुन– अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने व्यवस्था मिलाइएको बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो टेलिभिजन सम्बोधनमार्फत बाइडेनले त्यसका लागि आवश्यक कार्य गर्न राज्यहरुलाई निर्देशन पनि दिएका छन् । खोप लगाउनका लागि सरकारले प्राथमिकता निर्धारण गरेकाले प्राथमिकताका आधारमा आफ्नो पालो आउंदा खोप लगाउन पनि उनले सबैलाई आग्रह गरे ।

कोरोनाभाइरस महामारीका कारण एक वर्षमा ठूलो क्षति भएको चर्चा गर्दै राष्ट्रपति बाइडेनले अब भने राम्रा दिनहरू आएको बताए । जुलाई ४ मा मनाइने अमेरिकी स्वतन्त्र दिवसको अवसरमा त्यस बेला यस वर्ष भने साना साना कार्यक्रम गर्न सकिने अपेक्षा गरिएको उनको भनाइ छ ।

राष्ट्रपति बाइडेनले यसअघि १९ खर्ब डलरको कोभिड राहत प्याकेजमार्फत अमेरिकाको मेरुदण्ड पुनःनिर्माण हुनेतर्फ पहिलो पाइला चालिएको घोषणा गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू