आइतबार, वैशाख ५, २०७८
16:44 | २१:२९

कोरियामा औद्योगिक दुर्घटनामा एक नेपालीको मृत्यु

रासस मार्च १२, २०२१

कोरिया । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । 

बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो ।

घटनालाई नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका छन्   

दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुरयाइएको थियो । अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । 

हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर संघ अध्यक्ष पुनले बताए 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू