शुक्रबार, चैत १६, २०८०
09:36 | १५:२१

दक्षिण कोरियामा ९३ हजार भन्दा बढी संक्रमित

रासस-सिन्हवा मार्च ९, २०२१

सोल । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार २६३ पुगेको छ । गत आइतबार ३४६ जनामा कोरोना संङ्क्रमण भएको थियो ।

सोमबार एकै दिनमा एक सय सङ्क्रमित बढी ४४६ मा सङक्रमण देखिएको हो । कोरोना शुरु भएयता यहाँ हालसम्म ८३ हजार ९०० व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा दक्षिण कोरियाका तीन व्यक्तिको मृत्यु भएपछि कुल मृतकको संख्या १ हजार ६४५ पुगेको समाचारमा जनाइएको छ ।

गत फेब्रुअरी २६ बाट कोभिड–१९ विरुद्ध खोप शुरु गरिएको छ र हालसम्म ३ लाख ८३ हजार ३४६ जना खोप लगाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू