शुक्रबार, वैशाख १०, २०७८
12:55 | १७:४०

चीन र भारतबीचको सीमा विवाद पुरानो: चिनियाँ परराष्ट्रमन्त्री

रासस/सिन्ह्वा मार्च ७, २०२१

बेइजिङ, २३ फागुन– चीन र भारतबीच कतिपय स्थानमा विगतदेखि नै जारी रहेको भन्दै यसलाई समाधान गरेर अघि बढ्नुपर्ने चिनियाँ अधिकारीले बताएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले भने, ‘अहिलेको मुख्य विषय कसरी विश्वका दुई ठूला विकासोन्मुख देशहरू एक भएर बस्न र विकास गर्न सक्छन् तथा कसरी सँगसँगै पुनरूत्थान हुन सक्छन् भन्ने हो ।’

उनले भने, ‘प्राचीन सभ्यतासहित दुई छिमेकी मुलुक र विश्वमा एक अर्ब जनसङ्ख्या भएका दुई उदीयमान अर्थतन्त्रका रूपमा चीन र भारतको साझा रुचि र सहयोगको ठूलो सम्भावना छ । त्यसैले चीन र भारत मित्र र साझेदार हुन्, शत्रु र विरोधीहरू होइनन् ।’

सीमा विवाद इतिहासदेखि नै बाँकी रहेको बताउँदै उनले चीन र भारतले सम्बन्ध मात्रै होइन आपसी मतभेद व्यवस्थापन र नियन्त्रण गर्नु जरूरी रहेको बताए ।

उनले दृढ सहयोगको माध्यमबाट सीमा समस्याहरूको समाधानका लागि अनुकूल परिस्थिति सिर्जना गर्नुपर्नेमा पनि परराष्ट्र मन्त्री वाङले जोड दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू