बुधबार, वैशाख १२, २०८१
01:41 | ०६:२६

एनआरएनए मोबाइल ब्लड बैंकलाई अफ्रिकाका उद्योगपति रुपारेलियाद्वारा सहयोग

नेपाली लिङ्क मार्च ७, २०२१

नाइजेरिया । गैरआवासीय नेपाली संघको दोश्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि अफ्रिकाका उद्योगपति डा. सुधीर रुपारेलियाले दुई लाख पचास हजार सहयोग गरेका छन् ।

एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाले सो जानकारी दिएका हुन् । 

उधोगपति रुपारेलिया पूर्वी अफ्रिकाकै सबैभन्दा धनी व्यक्ति र नेपालका तर्फबाट युगान्डाका लागि मानार्थ वाणिज्यदूत समेत हुन् ।

यसअघि एनआरएनएले आधुनिक सुविधा सम्पन्न घुम्ती ब्लड बैंक बस चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ ।

अबको दोश्रो बस सुदुर पश्चिम प्रदेशका लागि कैलाली रेडक्रस, धनगढीलाइ हस्तान्तरण गर्ने योजना बनाइएको छ ।

कर छुटसहितकरिब ६१ लाख खरिद मुल्य पर्ने उक्त दोश्रो बसका लागि हालसम्म विश्वभरका एनआरएनएले सहयोग जुटाइरहेका छन् ।

हालसम्म २० लाख भन्दा बढीको सहयोग प्रतिवद्धता जुटिसकेको छ र सहयोग संकलन अभियान तीव्र रुपमा संचालन भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू