शनिबार, वैशाख ८, २०८१
08:13 | १२:५८

ताप्लेजुङमा आगलागीः ४ दर्जन घर जलेर नष्ट

नेपाली लिङ्क मार्च २, २०२१

तस्विर: रासस

ताप्लेजङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भएको छ ।

मंगलबार बिहान सवा ९ बजे शुरु भएको आगलागीले दोभान बजारका झण्डै ४ दर्जन घर जलेर नष्ट भएका छन् । त्यहाँ बसोबास रहेका ७९ परिवार विस्थापित भएका छन् ।

स्थानीय भोला पौडेलको घरबाट विद्युत् चुहिएर शुरु भएको आगलागी पूरै बजारमा फैलिएको थियो । आगो फैलिंदै जाँदा केही घरलाई डोजरले भत्काएपछि बजारका बाँकी घरहरु जोगाइएको थियो ।

ताप्लेजुङ सदरमुकामबाट गएको दमकल, सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगलागी नियन्त्रणको प्रयास गरिएपनि साँझसम्म पनि पूर्ण नियन्त्रणमा आइसकेको छैन । बजारका बाँकी घरहरु अब सुरक्षित रहेपनि आगो जंगलतर्फ सरेको बताइएको छ ।

आगलागीबाट बजारको ठूलो भाग जलेर नष्ट भएपछि पीडितहरुको सहयोगका लागि समिति नै गठन गरी पहल शुरु गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू