शुक्रबार, चैत १६, २०८०
20:58 | ०२:४३

ईयूद्वारा जर्जियाको सङ्कट घटाउन वार्ताको आग्रह    

रासस-एएफपी मार्च १, २०२१

टिब्लिसी । युरोपेली संघ (इयू) ले सोमबार जर्जियालाई शीर्ष विपक्षी नेताको गिरफ्तारीसँगै बढेको गम्भीर राजनीतिक सङ्कट रोक्न आग्रह गरेको छ ।

जर्जियाली राजधानी तिब्लिसीको भ्रमणमा रहेका युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलले इयू जर्जीयाको बढ्दो सङ्कटप्रति चिन्तित रहेको बताएका छन् ।

अक्टोबरमा संसदीय निर्वाचन भएदेखि नै यूरोप र एशियाको सीमा क्षेत्रमा रहेको जर्जीया सङकटबीच गुज्रिरहेको छ । विपक्षीहरूले यसमाथि कडा आलोचना गरेका छन् ।

गत हप्ता जर्जियाका मुख्य विपक्षी दल, संयुक्त राष्ट्रिय आन्दोलन (यूएनएम) का नेता निक मेलियाको गिरफ्तारीले तनावलाई झनै चर्काएको छ ।

इयूले सबै पक्षहरुलाई परिस्थिति मिलाउन प्रयास गर्ने र साझा आधार पत्ता लगाउन एकजुट हुन आह्वान गरेको मिशेलले जर्जियाका राष्ट्रपति सलोमी जुराबिश्विलीसँगको संयुक्त पत्रकार सम्मेलनमा बताए । उनले सरकार र आन्दोलतरत विपक्षीबीच छिट्टै समस्याको समाधानका लागि वार्ता हुने पनि बताए । जर्जीयामा केही दिनदेखि आन्दोलन सशक्त बन्दै गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू