बिहीबार, वैशाख १३, २०८१
15:46 | २०:३१

जर्मनीको स्थानीय निर्वाचनमा नेपाली बने पहिलो उम्मेदवार

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२१


लन्डन । जर्मनीको स्थानीय निर्वाचनमा एक जना गैरआवासीय नेपाली उम्मेदवार बनेका छन् ।

आगामी मार्च १४ तारिखमा हुने ‘फरेनर्स एडभाइजरी काउन्सिल (केभ)’ निर्वाचनमा सन्तोष भट्ट उम्मेदवार भएका हुन् । रियलटिफ फ्रेंकफर्टका तर्फबाट उम्मेदवार बनेका उनी जर्मनीको स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने पहिलो नेपाली हुन् ।

भट्टले आफ्नो जित सुनिश्चित गराइदिन जर्मनीस्थित नेपाली समुदायमा अपिल पनि गरेका छन् । उक्त निर्वाचनमा जर्मनी राहदानी नभएपनि स्थायी बसोवास गरेका जर्मनवासीले मत हाल्न पाउनेछन् ।

फ्रयांकफर्टमा लामो समयदेखि बसिरहेका विभिन्न आप्रवासी समुदायको सेवाका लागि प्रतिवद्ध भट्टले स्थानीय निकायसंग निकट सम्पर्क रहेर काम गर्ने अठोट लिएका छन् ।

आफू नेपाली भएपनि नेपाली समुदायको हितका लागिमात्र भन्दा भारतीयसहित अन्य विभिन्न समुदायको कल्याणका लागि काम गर्दै आएको भट्ट बताउंछन् ।

काठमाडौं कुलेश्वरका भट्ट विगत ५ वर्षदेखि जर्मनीमा छन् । उनी पेशाले फोटोग्राफर, सामाजिक अभियन्ता र युवा व्यवसायी हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू