मंगलबार, वैशाख ११, २०८१
18:12 | २२:५७

आठ मुलुकका राष्ट्र तथा सरकार प्रमुखले लगाए चिनियाँ खोप

रासस-सिन्ह्वा फ्रेब्रवरी १९, २०२१

बेइजिङ् । चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोप आठ देशका राष्ट्र तथा सरकार प्रमुखले लगाएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कम्तीमा त्यस्ता आठ जनाले चिनियाँ खोप लगाएको शुक्रबार दावी गरेकी हुन् ।

प्रवक्ता होउ चुन्निङले पत्रकार सम्मेलनमा खोप लगाउने राष्ट्र तथा सरकार प्रमुखहरूको विवरण प्राप्त भएको जानकारी दिइन् । तर उनले चिनियाँ खोप लगाएका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको नाम भने उल्लेख गरिनन् ।

सञ्चार माध्यममा आएका विवरणहरुमा चिनियाँ खोप विश्वसनीय, प्रभावकारी र उपयोगी भएकाले उनीहरुले प्रयोग गरेको उल्लेख गरिएको उनले बताइन् ।

खोप विकास गर्ने क्रममा कतिपय पश्चिमा देशहरु र चीनका बीचमा प्रतिस्पर्धा पनि भएको थियो । त्यसमा चीनले पनि सफलता हासिल गरेको प्रवक्ता चुन्निङको दावी छ ।

उनले महामारीकै बीचमा पनि चीनले धेरै देशहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको जानकारी दिइन् ।

चिनियाँ खोप प्रयोग गरेका देशमा चिनियाँ खोप उपयुक्त भएको प्रतिक्रिया पाएको पनि उनले बताइन् ।

कतिपय देशहरूले चीनबाट खोप लैजानका लागि चार्टर विमान पनि पठाउने गरेको उनले पत्रकारहरूलाई जानकारी दिइन् ।

कतिपय राष्ट्र तथा सरकार प्रमुखहरूले व्यक्तिगत रूपमा पनि चिनियाँ खोपको माग गर्ने गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चुन्निङले बताए ।

खोपको उपलब्धता र प्रभावकारीताका कारण अन्तर्राष्ट्रिय जगतमा चीनको प्रभाव फेरि बढेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू