शुक्रबार, चैत १६, २०८०
07:52 | १३:३७

हाइटीमा थप मानवीय सहायताको खाँचो

रासस-सिन्ह्वा फ्रेब्रवरी १३, २०२१

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय एक निकायले हाइटीमा गत वर्षको तुलनामा यसवर्ष खाद्यान्नका साथै अन्य मानवीय सहायता आवश्यकता निकै ठूलो मात्रामा बढेको जनाएको छ । उक्त समाचारमा जनाइएअनुसार यही फेब्रुअरी महिनामा नै यहाँ खाद्यान्नको अवाश्यकता परेका नागरिकको संख्या ४० लाख भन्दा पनि बढी रहेको देखिएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले गरेको सो प्रक्षेपणअनुसार हाइटीमा खाद्यान्न लगायतको मानवीय सहायता अवश्यक रहेको जनसंख्या कम्तीमा पनि देशकै जनसंख्याको ४० प्रतिशत रहेको छ । यहाँको जनसंख्याकै कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई यसको अवश्यकता रहेकोले यसका लागि संयुक्त राष्ट्रसंघका साथै अरु अन्तर्राष्ट्रिय संघ संस्थाहरुले पनि सहायता दिनुपर्ने सो निकायले गत बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा देखाइएको छ ।

हाइटीमा राजनीतिक संकट शुरु भएको थियो । यस संकटका कारण धेरै ठूलो जनसंख्या खाद्यान्न लगायतको समस्या झेल्नुपरेको बताइएको थियो । त्यसयता यहाँका नागरिकले विभिन्न खालका संटकहरु झेल्दै आएका छन् । अहिले पनि हाइटीमा ठूलो संकट बढ्दै गएको देखिएको छ ।

यहाँ अहिले पनि हिंसात्मक समूहहरुले नागरिकको हत्या गर्ने, अपहरण गर्ने तथा लुटपाट गर्ने काम गरिरहेको पाइएको बताइएको छ । यहाँ दिन प्रतिदिन असुरक्षा बढ्दै गएको छ भने हिंसात्मक हमलाहरु पनि पछिल्लो समयमा निकै हुने गरेका छन् ।

कतिपय नागरिकहरु यो हिंसाको चपेटमा परेर पनि खाद्यान्न लगायतका न्यूनतम सहायता पनि पाउन सकिरहेका छैनन् । ती एजेन्सीका अनुसार हाइटीको अहिलेको अवस्था हेर्दा असुरक्षा र खाद्यान्न अभावको अवस्था बढी देखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू