बुधबार, वैशाख १२, २०८१
11:43 | १६:२८

चीनले नेपाललाई पाँच लाख खोप दिने

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२१


काठमाडौं । चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उनका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गरेको गएराति परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गरेका छन् ।

यसअघि भारतले अनुदानस्वरुप दिएको १० लाख हाल नेपालमा वितरण भइरहेको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू