बिहीबार, वैशाख ६, २०८१
13:43 | १८:२८

आन्तरिक पर्यटक प्रवर्द्धनका लागि व्यवसायी देश दौडाहामा

रासस फ्रेब्रवरी ३, २०२१

काठमाडौं । कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्र उकास्नका लागि पर्यटन बस व्यवसायी देश दौडाहामा लागेका छन् ।

टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) को नेतृत्वमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पर्यटन बस व्यवसायीको समूह लुम्बिनी र बर्दिया भ्रमणमा लागेका हुन् ।

कोरोना संक्रमणसँगै नेपाल पर्यटन वोर्डको सहकार्यमा लुम्बिनी र बर्दियामा हुन लागेको ‘हेल्थ प्रोटोकल कम्युनिकेशन तालिम’ मा भाग लिनका साथै देशभरका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस सञ्चालनका लागि बुधबारदेखि देश दौडाहामा लागिएको टिवानका अध्यक्ष ईश्वर शर्माले जानकारी दिए ।

‘लुम्बिनी र बर्दिया भ्रमण गर्न लागेको उक्त टोलीले काठमाडौँबाट लुम्बिनी र बर्दियामा सीधा पर्यटकीय बस सञ्चालनका लागि त्यहाँका पर्यटक व्यवसायीसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ’, अध्यक्ष शर्माले भने ।

टिवानले नेतृत्व गरेको २० जनाको उक्त समूहमा नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईँ, नेपाल एशोसिएशन अफ र्याफ्टिङ्ग एजेन्सीज् (नारा) का महासचिव शिशिर खनाललगायतको सहभागिता छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू