शुक्रबार, वैशाख १४, २०८१
23:04 | ०३:४९

युरोपमा भाइरस नियन्त्रणका उपाय नहटाउन डब्लुएचओको आग्रह  

रासस-एएफपी जनवरी २८, २०२१

कोपेनहेगन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार युरोपमा भाइरस नियनत्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न अझै निकै हतार हुने बताएको छ ।

डब्ल्युएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगले भने, ‘डब्ल्यूएचओ युरोपेली क्षेत्रका ५३ देशमध्ये जनाले ३० मुलुकमा विगत १४ दिनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय ह्रास आएको तर अझैपनि यहाँको सङ्क्रमण दर धेरै छ ।’

उनले अगाडि भने, ‘कोभिड–१९ सङ्क्रमण दर युरोपभरि अझै उच्च छ जसका कारण यूरोपेली मुलुकहरूको स्वास्थ्य प्रणालीलाई महामारीले प्रभावित पार्नसक्छ र सेवाहरूलाई तनावपूर्ण बनाउन सक्छ । त्यसैले सङ्क्रमणका नियन्त्रणका लागि लगाइएका प्रतिबन्धलाई सहज बनाइहाल्नु गलत हुनसक्छ ।’

यो क्षेत्रको मात्रै तीन प्रतिशत जनसङ्ख्यामा यस पहिले सङ्क्रमण पुष्टि भइसकेको छ । महामारीका कारण यस पहिले नराम्रोसँग प्रभावित भएका क्षेत्रहरूमा सङ्क्रमण पुनः फैलिनसक्ने जोखिम कायम रहने उनले बताए ।

डब्ल्यूएचओका अनुसार युरोपियन क्षेत्रमा रूस र धेरै मध्य एशियाली देशहरू रहेका छन् । यस क्षेत्रका ३५ राज्यले खोप अभियान सुरु गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू