शुक्रबार, चैत १६, २०८०
13:16 | १९:०१

अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट चाहिने  

रासस-एएनआई जनवरी २६, २०२१

वासिङ्टन, १३ माघ–अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो । यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनु पर्ने व्यवस्था अमेरिकी वा गैर अमेरिकी सबै नागरिकलाई लागू हुने अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी केन्द्रीय रोग नियन्त्रण केन्द्रले जनवरी २६ देखि यस्तो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको छ । ‘दुई बर्ष वा त्योभन्दा बढी उमेर भएका सबै यात्रुले अमेरिका प्रवेश गर्नुअघि कोरोनाभाइरसबाट सङ्क्रमित नभएको वा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ’-अमेरिकी विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

यस्तो प्रमाण पेश गर्न नसक्नेहरुलाई बोर्डिङ पासको व्यवस्था गर्न सकिने उनीहरुले स्पष्ट पारेका छन् । ‘यदि तपाइँले अन्तर्राष्ट्रिय उडानको योजना बनाउनु भएको छ भने बढीमा तीन दिन अगाडिको कोरोना नेगेटिभ भएको प्रमाण पेश गर्नु पर्दछ’, वक्तव्यमा उल्लेख छ । न्यूनीकरण केन्द्रले यही जनवरी १२ मा यो व्यवस्था लागू गर्ने सम्बन्धी निर्णय गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू