बिहीबार, वैशाख ६, २०८१
11:45 | १६:३०

बेलायतमा ६५ लाख बढीले लगाए कोरोना खोप

८० वर्ष माथिका ५ मध्ये ४ ले लिए खोप

नेपाली लिङ्क जनवरी २५, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणदर बढेसंगै कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिइएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँक अनुसार हालसम्म बेलायतमा ६५ लाख ७३ हजार ५७० जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् ।

जसमध्ये ४ लाख ७० हजार ४७८ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिएका छन् ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले दिएको जानकारी अनुसार ८० वर्ष माथिका ५ जनामध्ये ४ जनाले खोप लिइसकेका छन् । बढी भन्दा बढी मानिसहरुलाई खोप वितरण गर्ने उद्देश्यले थप ३२ वटा खोप वितरण केन्द्र थपिने भएको छ । यसअघि झन्डै डेढ दर्जन ठूला खोप केन्द्र केन्द्रहरुमार्फत खोप वितरण गरिंदै आएको छ ।

कोरोनाको खोप लगाएपछि पनि तत्कालको लागि सामाजिक दुरी जस्ता नियम पालना गर्न स्वास्थ्यमन्त्रीले आग्रह गरेका छन् । इम्युन सिस्टमले काम गर्न कम्तिमा तीन हप्ता समय लाग्ने हुँदा सो अवधिमा सबैलाई सचेत रहन भनिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू