शुक्रबार, वैशाख १४, २०८१
13:11 | १७:५६

सरकारद्वारा संसद विघटनको प्रस्ताव, प्रचण्ड पुगे बालुवाटार

नेपाली लिङ्क डिसेम्बर २०, २०२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका छन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय पठाइएको छ । संसद विघटन गरेर चुनाव गराउने ओलीले प्रयास गरेका छन् ।

नेपालको संविधानमा प्रधानमन्त्रीद्वारा यसरी संसद विघटन गर्ने कुनै प्रावधान छैन् ।

त्यसका लागि संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्ने प्रावधान मात्र छ ।

प्रधानमन्त्री ओलीको यस कार्यप्रति व्यापक विरोध भैरहेको छ । नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय गरेको छ । प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत सहभागी थिए ।

यसैबीच संसद विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीको सिफारिस संविधानभन्दा बाहिर रहेको भन्दै चौतर्फी विरोध भैरहेको छ  ।

नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक कलहसँगै सरकारमा संकट देखिएपछि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू