शुक्रबार, वैशाख ७, २०८१
03:07 | ०७:५२

फेरी रंगियो अभिनेत्री श्वेताको सिउंदो (फोटो फिचर)

नेपाली लिङ्क डिसेम्बर ७, २०२०

काठमाडौं । अभिनेत्री श्वेता खड्का आजबाट बिवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले दोस्रो बिहे गर्न लागेकी हुन् । अहिले गोकर्ण फरेष्ट रिसोर्टमा उनको बिवाह समारोह चलिरहेको छ । कोरोना कहरका कारण कडा सुरक्षाबीच बिवाह समारोह भएको छ ।

विवाहमा दुबै तर्फका नजिकका सिमित ब्यक्तिको सहभागिता रहेको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र क्षेत्रमा केहि अघिबाट नै चर्चा चलेको थियो ।

पहिलो विवाह गरेको एक महिनापछि नायक श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो । छोटो समयमै श्रीमानको मृत्यु भएपछि श्वेताले आज धनगढीका विजयेन्द्र सिंह रावतसँग दोस्रो बिहे गरेकी हुन् ।

फोटो-श्वेता खड्काको फेसबुक

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू