मंगलबार, चैत ६, २०८०
08:21 | १४:०६

नेपालमा दुई लाख ३० हजार बढी संक्रमित

थप एक हजार ३८० संक्रमित

रासस नोभेम्बर २८, २०२०

काठमाडौँ–नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३८० नयाँ सङ्क्रमित थपिएका छन् । नौ हजार ३६८ नमूना परीक्षण गर्दा ८३४ पुरुष र ५४६ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा १९५, प्रदेश नं २ मा ३७, वाग्मतीमा ७४७, गण्डकीमा २२१, लुम्बिनीमा १७१, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा आठ जनामा सङ्क्रमण देखिएको छ । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३६० पुरुष र २८५ महिला गरी ६४५ सङ्क्रमित थपिएका छन् ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ३० हजार ७२३ पुगेको छ । सङ्क्रमितमध्ये दुई लाख ११ हजार १८६ सङ्क्रमणमुक्त भएका छन् । जुन ९१.५ प्रतिशत हो । आज ५१५ जना कोरोनामुक्त भएका छन् । १८ हजार ८३ सक्रिय सङ्क्रमितमध्ये १२ हजार ५४६ होम आइसोलेनसमा रहेका छन् भने ३२५ आइसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत छन् ।

काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मनाङ र डोल्पामा सङ्क्रमित छैनन् । बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ४५४ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू