शनिबार, वैशाख १५, २०८१
01:05 | ०५:५०

उपत्यकामा ८२२ सहित थप एक हजार ७०३ नयाँ संक्रमित

थप २३ जनाको मृत्यु

रासस नोभेम्बर २७, २०२०

काठमाडौँ । थप एक हजार ७०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १० हजार ६७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार २३६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार २३७ सक्रिय सङ्क्रमित छन् ।

काठमाडौं उपत्यकामा ८२२ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा थप ८२२ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार १२४ पुगेको छ । आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ५९९, ललितपुरका १६० तथा भक्तपुरका ६३ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

हालसम्म काठमाडौँमा ८६ हजार ३०१, ललितपुरमा १२ हजार ९६४ तथा भक्तपुरका सात हजार ७८९ सङ्क्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ७८ हजार १६२, ललितपुरमा ११ हजार ३१५ तथा भक्तपुरमा सात हजार ९२ सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमाडौँमा ३४२, ललितपुरमा १०३ तथा भक्तपुरमा ८९ जनाको कोरोनाबाट ज्यान गएको छ । शुक्रबार काठमाडौँ उपत्यकामा १० जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका सात तथा काठमाडौँका तीन रहेका मन्त्रालयलले जनाएको छ ।

२३ को मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ४३५ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू