शुक्रबार, वैशाख ७, २०८१
06:51 | ११:३६

विदेशमा संक्रमित नेपालीमध्ये ९१ प्रतिशत संक्रमणमुक्त

१९ देशका २९३ जना नेपालीको मृत्यु

नेपाली लिङ्क नोभेम्बर २२, २०२०

लण्डन । विदेशस्थित विभिन्न मुलुकमा कोरोना संक्रमित भएका नेपालीहरुमध्ये करिब ९१ प्रतिशत संक्रमणमुक्त भएका छन् ।  

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको तथ्यांकअनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना संक्रमणमुक्त भएका हुन् ।

हालसम्म विदेशमा मात्र १९ देशका २९३ जना नेपालीको कोरोनाका कारण ज्यान गएको छ । सबैभन्दा बढी साउदी अरबमा ८४ जना, बेलायतमा ६९ जना र भारतमा ४० जना नेपालीको निधन भएको छ । 

यो साता स्पेन, यूके, युएई, कतार, साउदी अरब र जापानमा रहेका थप नेपालीमा संक्रमण पुष्टि भएको समितिका संयोजक डा संजीव सापकोटाले जानकारी दिए ।

संघको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत ३२ साता देखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ । 

तथ्यांक संकलन गर्न डा. कुश श्रेष्ठ (अष्टेलिया), डा. सागर पौडेल (भारत), एलिजा केसी (जापान), सांग्रीला सुन्दरी लामा (स्पेन), संर्घष केसी (नेदरल्याण्ड), चिरन्जीवी खड्का (चेक रिपव्लिक), सागर सुवेदी (अष्ट्रिया), डा. बोध सुवेदी (पोल्याण्ड), सरिता पाण्डे भट्टराई (साउथ अफ्रिका), बसन्त गौतम (फिन्ल्याण्ड), डा. देवी बस्नेत (कोरिया), डा. नितेश अर्याल (कतार), सत्य चौधरी (अमेरिका), यासमिन बेगम सैयद (साउदी अरेबिया) , डा. दीलिप कुमार यादव र सुनिल साह (यूके) ले एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिलाई सहयोग गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू