बिहीबार, वैशाख १३, २०८१
07:50 | १२:३५

इराकमा आइएसद्वारा सात प्रहरीको हत्या

रासस-एएनआई नोभेम्बर २२, २०२०

इराक । इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका छन् । शनिबार भएको आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ ।

शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए । त्यसपछि यो आक्रमण भएको बताइएको छ । 

इराकको सलाहुद्दिन प्रान्त राजधानी बगदादबाट करिब २ सय किलोमिटर टाढा पर्दछ । जहाँ पछिल्ला केही दिनहरुमा आइएसले आक्रमण थालेको छ ।

इराकको सुरक्षा फौजले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षा गस्ती दिने गरेको छ । गस्तीपछि आइएसले पनि सुरक्षाकर्मी र सर्वसाधारणलाई लक्षित गरी हमला गर्ने गरेको छ ।

शनिबार हत्या गरिएका सात सुरक्षाकर्मी इराकका प्रहरी रहेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू