शुक्रबार, वैशाख १४, २०८१
23:32 | ०४:१७

भारतमा संक्रमितको संख्या ९० लाख नाघ्यो

रासस-पिटिआई नोभेम्बर २०, २०२०

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ ।

शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ संक्रमित थपिएका हुन् । कुल संक्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ । 

भारतमा संक्रमणमुक्त भएकाहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना संक्रमित भएका हुन् भने कुल एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ । ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  

भारतमा अहिले पनि संक्रमितम अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू