शुक्रबार, चैत १६, २०८०
02:15 | ०८:००

जापानमा संक्रमण बढेपछि ओलम्पिकबारे चिन्ता

रासस-एपी नोभेम्बर १९, २०२०

तस्बिर एपी

टोकियो ४ मङ्सिर– कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । अर्को बर्ष ओलम्पिक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिदै गएपछि चिन्तित पनि भएका छन् ।

महामारी नियन्त्रण गर्नका लागि अन्य देशहरुको तुलनामा राम्रो व्यवस्थापन तथा नियन्त्रण गरेको जापानमा अहिलेसम्म दुई हजारभन्दा कमको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले विहिबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा दुई हजार १७९ जना सङ्क्रमित भएका हुन् । एकैदिनमा दुई हजारभन्दा बढी सङ्क्रमित भएको यो पहिलो पटक भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

भाइरसको महामारी बढ्दै गएपछि प्रधानमन्त्री योशिहिडे सुगाले उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गरेका छन् । उनले मास्कको प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू