बुधबार, वैशाख २६, २०८१
04:15 | ०९:००

दिल्लीमा मास्क नलगाए दुई हजार जरिवाना

रासस/एएनआई नोभेम्बर १९, २०२०



नयाँदिल्ली ४ मङ्सिर– भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराइने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए ।

मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैया मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पु¥याएको केजरीवालले बताए ।

केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । ‘दिल्लीमा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन्’- मुख्यमन्त्री केजरीवालले भने ।

उनले भीडभाड हुने वा गर्नुपर्ने सवै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म न्यूनीकरण गर्न र भिडभाडमा जानै परे आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गरेका छन् । धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उनले बढी चिन्ता व्यक्त गरे ।

कोरोनाभाइरस महामारीको अवस्थाबारे समिक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलीय बैठकपछि उनले थप कडाई गर्न लागिएको जानकारी दिएका हुन् ।

बैठक पछिको पत्रकार सम्मेलनमा उनले जनताको जीवन बचाउनका लागि संयुक्त रुपमा काम गर्न सवै पार्टीहरु सहमत भएको पनि बताए । ‘सवै पार्टीहरुको तर्फबाट मलाई सहयोग र सुझाव आएको छ, यो कठिन घडीमा हामी सवै एकै ठाउँमा छौँ, त्यसका लागि म उहाँहरु सवैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु’- केजरीवालले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू