शुक्रबार, वैशाख ७, २०८१
04:39 | ०९:२४

भारतमा कोभिड संक्रमित फेरि बढे

रासस–एएनआई नोभेम्बर १९, २०२०

तस्बिर एपी

नयाँदिल्ली । भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमित संख्या बढेर ४५ हजार ५७६ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ । यो सहित भारतमा संक्रमितमध्ये एक लाख ३१ हजार ५७८ जनाको ज्यान गएको छ ।

भारतमा हाल ८९ लाख ५८ हजार कूल संक्रमित भेटिए पनि ८३ लाख ८३ हजार संक्रमणमुक्त भएका छन् । संक्रमितको निको हुने दर निकै राम्रो रहेको भारतमा हाल ४ लाख ४३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । 

मन्त्रालयका अनुसार विगत १२ दिनदेखि भारतमा ५० हजारभन्दा कम व्यक्तिमा मात्र संक्रमण देखिएको छ । 

भारतमै सर्वाधिक असर परेको महाराष्ट्रमा ८१ हजार २०७ जनामा सक्रिय संक्रमण रहेको छ भने केरलामा करिब ७० हजार र दिल्लीमा ४२ हजारमा संक्रमण यथावत छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १२ करोड ८५ हजार नमुना परीक्षण गरेको जनाएको छ । परिषदका अनुसार भारतमा कोरोना संक्रमणमुक्त हुने दरमा निरन्तर सुधार हुँदै हाल ९३.५२ प्रतिशत पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू