शुक्रबार, चैत १६, २०८०
07:45 | १३:३०

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त   

पूर्व राष्ट्रपति मार्टिन भिजकारा महाभियोगद्वारा बर्खास्त

रासस/एएनआई नोभेम्बर १८, २०२०

ब्युनस आयर्स, ३ मंसिर–– दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त हुनु भएको छ । पेरुका राजनीतिज्ञ समेत रहनु भएका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।

गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्व राष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो । त्यसपछि अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त भएका मानुएल मेरिनोको सरकार विरुद्ध पनि जनताले प्रदर्शन गरेपछि उहाँले गत नोभेम्बर १५ मा राजीनामा दिनु भएको थियो । मेरिनाको सरकार विरुद्ध भएको उक्त प्रदर्शनका क्रममा दुई जना प्रदर्शनकारीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका थिए ।

राष्ट्रपति पदको सपथ लिँदै सागास्तीले लोकतन्त्रको रक्षाका लागि भएका प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्नुभयो । उहाँले प्रदर्शनका क्रममा बेपत्ता भए भनिएका व्यक्तिको खोजीका लागि सम्पूर्ण संयन्त्र परिचालन गर्ने बचनबद्धता प्रकट गर्नुभयो । राष्ट्रपति सागास्तीले पछिल्लो पटक भएको जनप्रदर्शन कोभिड–१९ विरुद्धको संघर्षका साथै आगामी सन् २०२१ को अप्रिल ११ मा हुने राष्ट्रपति निर्वाचनको तयारी पनि रहेको बताउनुभयो ।

सागास्तीको अन्तरिम सरकारले आगामी वर्ष अप्रिलमा राष्ट्रपतिको निर्वाचन गराउनुपर्ने मुख्य जिम्मेवारी पाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू