शुक्रबार, वैशाख १४, २०८१
13:23 | १८:०८

जर्मनीमा एकै दिन २६७ कोरोना संक्रमितको मृत्यु 

रासस/एएनआई नोभेम्बर १७, २०२०

बर्लिन, २ मंसिर–– जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा थप २६७ जनाको मृत्यु भएको छ । जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूट (आरकेआई) का अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या पनि १४ हजार ४१९ ले वृद्धि भएको छ ।

योसँगै जर्मनीमा कूल संक्रमितको संख्या ८ लाख १५ हजार ७४६ पुगेको छ । जर्मनीमा कोभिड–१९ बाट संक्रमित व्यक्तिमध्ये १२ हजार ८१४ जनाको मृत्यु भइसकेको आरकेआईले जनाएको छ ।

कोभिड–१९ को संक्रमण दर पछिल्ला दिनमा बढ्दै गएपछि जर्मनीमा गत यही नोभेम्बरदेखि आंशिक लकडाउन गरिएको छ । सरकारले आगामी क्रिसमससम्म निजी जमघट समेतमा कडा प्रतिबन्धहरु घोषणा गरेको छ । सार्वजनिक स्थल, विद्यालय र कक्षाकोठामा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम पनि बनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू