शुक्रबार, वैशाख ७, २०८१
06:38 | ११:२३

जलवायु परिवर्तन कोभिडभन्दा चुनौतीपूर्ण हुने रेडक्रसको चेतावनी   

रासस/एएफपी नोभेम्बर १७, २०२०

जेनेभा । विश्वले जलवायु परिवर्तन समस्यासँग जुध्न कोरोनाभाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ ।

विश्वलाई कोभिड–१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो ।

“अहिले कोरोना भाइरसको महामारी भएपनि जलवायु परिवर्तनले पार्ने प्रभाव रोकिएका छैनन्,” रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा जारी नयाँ रिपोर्टमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्चमा कोभिड–१९ का कारण विश्वव्यापी महामारीको घोषणा गरेको थियो । सन् १९६० पछिका विश्वव्यापी विनासका करिब १०० घटनाहरू भएका र तिमध्ये जलवायु परिवर्तनसँग सम्बन्धित रहेका छन् । ती सङ्कटका कारण पाँच करोड मानिस प्रभावित बनेका छन् ।

आइएफआरसीका महासचिब जागन चापागाईंले ‘भर्चुअल प्रेस कन्फरेन्स’मा भने, “पक्कै पनि अहिले कोभिड–१९ को महामारीले विश्व आक्रान्त बनेको छ । यो समस्या हाम्रो सामुन्नेमा छ । यसले हाम्र परिवार तथा आफन्तहरूलाई प्रभावित तुल्याएको छ ।”

उनले भने, “विश्वले हाल सामना गरेको महामारीको समस्या निकै गम्भीर हो । यसका कारण १३ लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।”

आइएफआरसीका विज्ञहरूले मानव जीवन र पृथ्वीमा थप खतरनाक मध्यम तथा दीर्घकालीन असर जलवायु परिवर्तनका कारण आउने देखेको पनि उनले बताए ।

कोभिड–१९ को समस्यासँग जुझ्न एउटा वा धेरै खोपहरू छिट्टै हामीबीच उपलब्ध हुनेछन् तर दुर्भाग्यको कुरा जलवायु परिवर्तन नियन्त्रणका लागि उपायहरू खासै सोचिएको छैन ।

उनले विश्वले आगामी दशकहरूलाई जलवायु परिवर्तन नियन्त्रणका लागि सदुपयोग गर्नुपर्ने धारणा पनि राखेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू