बुधबार, वैशाख २६, २०८१
04:29 | ०९:१४

हङकङका आगलागीपीडित परिवारलाई १० लाख डलर सहयोग

नेपाली लिङ्क नोभेम्बर १७, २०२०

फोटो दिमसम डेली

लन्डन । हङकङमा भएको आगलागीमा ज्यान गुमाउने तथा घाइतेका परिवारलाई त्यहाँको  स्थानीय परोपकारी संस्था सिक सिक यूनले १० लाख हङकङ डलर सहयोग गर्ने भएको  छ । घटनाप्रति दु:ख व्यक्त गर्दै उक्त संस्थाले मृतक तथा घाइते परिवारलाई क्रमश: ५० हजार र ३० हजार डलर उपलब्ध गराउने भएको छ ।

उक्त आगलागीमा पर्नेहरु प्राय सबैजसो न्यून आए भएकोले अन्त्येष्टि खर्च, मेडिकल खर्च, नयाँ वासस्थान लगायत रोजगारीका कारण ठूलो आर्थिक भार खेप्नुपर्ने उक्त परोपकारी संस्थाले जनाएको छ । सन् २००९ मा स्थापना भएको सिक सिक यून एक धार्मिक परोपकारी संस्था हो जसले ताओवाद, बौद्ध धर्म र कन्फ्युसियानिज्म धर्म मान्दै आएको छ ।

यस संस्थाले दैवी प्रकोप र अन्य घटनाबाट अप्ठ्यारोमा परेका पीडितलाई आपतकालिन सहयोग उपलब्ध गराउँदै आएको छ । आइतवार साँझ हङकङको जोर्डनस्थित क्यान्टोन रोडमा रहेको नेपाली रेष्टुरेण्ट ‘जिरे खुर्सानी’ मा भएको आगलागीमा परि ७ नेपालीको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । हस्पिटल पठाइएका १८ जनामध्ये ८ जना अझै गम्भीर अवस्थामा छन् ।

जसमा तीनजना पुरुष र ५ महिला छन् । हाल उनीहरुको कुंग वाह हस्पिटल, मार्गारेट हस्पिटल, प्रिन्स अफ वेल्स हस्पिटल, क्वीन एलिजावेथ हस्पिटल र इष्टर्ण डिस्ट्रिक हस्पिटलमा उपचार भैरहेको छ ।

मृत्यु हुनेहरुमा ३८ वर्षीय युबराज कंडेल, १३ वर्षीया कृतिका कंडेल, ३८ वर्षीय रामबाबु नेपाल, ८ वर्षीय राम बाबेल रायन, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३० वर्षीया महिलाको नाम नखुलेको र रेष्टुरेन्ट संचालक बिनिता तामाङको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

हङकङमा भएको यो आगलागी एक दशकयताकै विनाशकारी बताइएको छ । यसअघि सन् २०११ मा मङकोकमा भएको आगलागीमा ९ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए । आगलागीको घटनाप्रति दु:ख व्यक्त गर्दै हङकङकी कार्यकारी प्रमुख क्यारी लामले आगलागीको कारण पत्ता लगाउन र घाइतेहरुको उपचारमा सहयोग पुर्याउन निर्देशन दिएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू