शुक्रबार, वैशाख ७, २०८१
16:17 | २१:०२

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६७

रासस/सिन्ह्वा नोभेम्बर १६, २०२०

मनिला १ मङ्सिर– फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।

अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पुरयाएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू