मंगलबार, जेठ १, २०८१
17:00 | २१:४५

आज भाइटीका: बेलायतमा उत्तम साइत १०:२५ बजे

नेपाली लिङ्क नोभेम्बर १६, २०२०

फाइल तस्विर

लन्डन । तिहारको मुख्य दिन भाइटीका सोमबार मनाइँदै छ । आज दिदीबहिनीहरुले आफ्न दाजुभाइलाई भाइटीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा ख्वाउने प्रचलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ । 

भाइटीकाको उत्तम साइत नेपालमा बिहान ११:३७ बजे थियो भने बेलायतमा बिहान १०:२५ मा परेको छ ।

लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका मूल पण्डित ज्योतिषी निलहरि घिमिरेले उक्त समय भाइटीकाका लागि उत्तम रहेको जानकारी दिए । साइतको समयमा टीका शुरु गरेर त्यसपछि आफ्नो सुविधाअनुसार दिनभर नै टीका लगाउन सकिने उनले बताए ।

भाइटीकाका क्रममा टीका थाप्ने दाजुभाईहरु पश्चिम फर्किन र टीका लगाइदिने दिदीबहिनीहरु पूर्व फर्किन उत्तम हुने ज्योतिषी घिमिरेले बताए ।  

सूर्योदयको समयको आधारमा साइत जुर्ने भएकाले नेपाल र बेलायतमा उत्तम साइतको समयमा केही भिन्नता रहने उनको भनाइ छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू