बिहीबार, चैत १५, २०८०
13:40 | १९:२५

हङकङमा भएको आगलागीमा ७ नेपालीको मृत्यु

नेपाली रेष्टुरेन्ट 'जीरे खुर्सानी' बाट आगो शुरु

नेपाली लिङ्क नोभेम्बर १६, २०२०

फोटो एप्पल डेली

हङकङ । हङकङस्थित जोर्डनको क्यान्टोन रोडमा रहेको नेपाली रेष्टुरेन्ट ‘जीरे खुर्सानी’ मा आइतबार राति आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएको छ । आगलागीमा मृत्यु हुनेमा ९ वर्षीय बालकसहित चार पुरुष र तीन महिला छन् ।

मृत्यु हुनेहरूमा ९ वर्षीय रायन, ३८ वर्षीय युवराज कँडेल, ३९ वर्षीय सेर गुरुङ, ४० वर्षीय रामबाबु, ३० वर्षीय अनिता, ४० वर्षीय विमला र २० वर्षीय एक जना महिला नाम नखुलेका गरी ७ जनाको मृत्यु भएको जनाइएको छ ।

आगलागीमा परि  १८ जना घाइते भएकामा ७ जनाको अवस्था नाजुक र २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

नेपालीद्वारा संचालित उक्त रेष्टुरेन्ट दर्ता नगरी संचालन गरिएको बताइएको छ । नेपालीहरुको समूहले बर्थडे पार्टी मनाइरहेका बेला आगलागी भएको बताइए पनि कारण खुल्न बाँकी नै छ ।

हङकङमा भएको यो आगलागी एक दशकयताकै विनाशकारी बताइएको छ । यसअघि सन् २०११ मा मङकोकमा भएको आगलागीमा ९ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए ।

आगलागीको घटनाप्रति दु:ख व्यक्त गर्दै हङकङकी कार्यकारी प्रमुख क्यारी लामले आगलागीको कारण पत्ता लगाउन र घाइतेहरुको उपचारमा सहयोग पुर्याउन निर्देशन दिएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू