बिहीबार, चैत १५, २०८०
14:04 | १९:४९

राजेश र करिश्मा ‘यादका लहरहरु’ मा

दोबाटोमा छाडीगयौ , गोरेटोमा एक्लो भएँ

नेपाली लिङ्क नोभेम्बर १४, २०२०

लन्डन । नेपाली सांगीतिक क्षेत्रमा श्रव्य र दृश्यको एउटा नौलो समिश्रण भएको छ । पुराना नायक नायिकाको दृश्य र लोकप्रिय गायिकाको स्वर समिश्रणमा ‘यादका लहरहरु’ गीतको म्यूजिक भिडियो भर्खरै रिलिज भएको छ ।

डा. प्रकाश पौडेलको शब्द रहेको यस गीतमा गायिका अन्जु पन्तले आवाज दिएकी छन् । ‘आंखाहरु यिनै थिए आंशुहरु फेरिरहें,  दोबाटोमा छाडी गयौ गोरेटोमा एक्लो भएँ’ गीतका शब्दहरु निकै मार्मिक छन्  ।

राज सागरको संगीत रहेको यस गीतमा संगीत संयोजन गोपाल रसायलीको छ । म्यूजिक भिडियोमा नेपाली चालचित्र क्षेत्रका निकै लोकप्रिय  नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको अभिनय छ ।

उत्तम हुमागाईंको छायांकन तथा प्रविन श्रेष्ठ (मोक्ष) को सम्पादन रहेको यस म्यूजिक भिडियोमा हारी हुमागाईंको निर्देशन छ ।

म्यूजिक भिडियो हेर्नुहोस्-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू