शुक्रबार, वैशाख ७, २०८१
07:15 | १२:००

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, १२ सय बढीको मृत्यु

२४ घन्टामा थप १३ जनाको मृत्यु

रासस नोभेम्बर १३, २०२०

काठमाडौं । नेपालमा थप दुई हजार १०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ६ हजार ३५३ पुगेको छ । थप ९ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ६८ हजार १२९ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर तीन हजार पाँच सय ३७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३७ हजार २२ जना सक्रिय सङक्रमित रहेका छन् ।

उपत्यकामा एक हजार २०७ सङ्क्रमित थपिए
काठमाडौँ उपत्यकामा थप एक हजार २०७ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका एक हजार ९१९, ललितपुरका १८० तथा भक्तपुरका १०८ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

हालसम्म काठमाडौँका ७७ हजार तीन, ललितपुरका ११ हजार ५७ तथा भक्तपुरका ६ हजार ९५६ जना संक्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ६० हजार २६६, ललितपुरमा ८ हजार तथा भक्तपुरमा ५ हजार ६१३ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा तीन, ललितपुरमा दुई तथा भक्तपुरमा एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अहिलेसम्म कोरोनाबाट काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ४५३ को मृत्यु भएको छ । काठमाडौँमा २९६, ललितपुरमा ८१ त्था भक्तपुरमा कोरोनाबाट ७६ जनाको ज्यान गएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या एक हजार २०२ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू