मंगलबार, जेठ १, २०८१
12:01 | १६:४६

नेपालमा कोरोना संक्रमितको संख्या झन्डै दुई लाख

क्वारेन्टाइनमा ९७६ जना मात्र

नेपाली लिङ्क नोभेम्बर १०, २०२०

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २  हजार ७३६ जना नयाँ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ ।

यसैगरी २४ घन्टाभित्र ८५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा एक लाख ६० हजार ५७७ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९७६ जना मात्रै छ । पछिल्लो चौबीस घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणका कारण  मृत्यु हुनेको संख्या एक हजार १४८ पुगेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार संक्रमितमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको र  प्रति दश लाखमा ३९.३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमितमध्ये ४०४ जना सघन उपचार कक्ष (आइसियु) र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू