शनिबार, वैशाख ८, २०८१
10:59 | १५:४४

राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई

रासस नोभेम्बर ८, २०२०

फाइल तस्विर: राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकोमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकोमा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेकी छन् ।

आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकोमा  बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । 

नेपाल अमेरिका सम्बन्ध अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरेका छन्   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू