शुक्रबार, वैशाख १४, २०८१
22:33 | ०३:१८

कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु

रासस–एएनआई नोभेम्बर १, २०२०

वासिङ्टन, १६ कात्तिक–– कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोनाभाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको थियो । आइतबार अपराह्नसम्मको विवरण अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६४ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १२ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अझै पनि करिब ८५ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै गम्भीर छ । तीन करोड ३५ लाख संक्रमणमुक्त भइसकेको जनाउँदै संगठनले एक करोड १६ लाख व्यक्तिमा सामान्य किसिमको संक्रमण देखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू