साउदी अरबद्वारा कोरोनाका कारण यात्रा प्रतिबन्ध कायमै
साउदी अरबमा दुई हप्ता अघिदेखि यात्रा प्रतिबन्ध
रियाद । २८ असोज– साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि यसअघि देखि लगाइएको प्रतिबन्ध कायमै राखेको जनाएको छ ।
‘कोभिड १९’ सङ्क्रमणको कारण देखाउँदै साउदी अरबले दुई हप्ता अघिदेखि सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको थियो । उक्त यात्रा प्रतिबन्ध निर्देशिकामा हालका लागि लगाइएको र त्यसलाई निरन्तरता दिइएको छ । तर, त्यो प्रतिबन्ध कहिलेसम्म जारी राख्ने भन्ने बारेमा भने केही बताइएको छैन ।
भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरवका नागरिकलाई पनि जान नदिइने गरी उडान पनि बन्द गरेको बताइएको छ । तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरु भने समावेश गरिएको छैन । पछिल्लो समयमा त्यहाँ कोभिडका सङ्क्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ ।
साउदी अरबमा तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमितहरु रहेका बताइएको छ । यहाँ पछिल्ला दिनहरुमा पनि ठूलो संख्यामा सङ्क्रमितहरु देखिन थालेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५