शुक्रबार, चैत १६, २०८०
11:21 | १७:०६

विदेशमा कोरोनाले एक सातामै थप १७ नेपालीको मृत्‍यु

विदेशमा कोरोनाले ज्यान गुमाउने नेपाली २ सय ८१

नेपाली लिङ्क अक्टोबर ११, २०२०

 

लन्डन । कोरोना संक्रमणका कारण पछिल्लो एकसाताभित्र विदेशमा थप १७ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा सबैभन्दा बढी साउदी अरबमा बस्ने नेपाली छन् । त्यहाँ १६ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । यसैगरी युएईमा एक नेपालीको ज्यान गएको छ ।

योसंगै गएको ९ महिनाभित्र नेपालबाहेक १८ देशका २ सय ८१ जना नेपालीको मृत्यु भएको संघले जनाएको छ । यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको हो ।

गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन् । ती मध्ये ३६ हजार ६ सय ७३ नेपाली कोरोनाबाट मुक्त भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू