शुक्रबार, वैशाख १४, २०८१
12:28 | १७:१३

डा. केसीका मागबारे वार्ता हुँदै

रासस अक्टोबर ८, २०२०

काठमाडौं   अनसनरत डा गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र उनका प्रतिनिधिबीच वार्ता शुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच वार्ता शुरु भएको डा केसीका तर्फबाट सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए  ।

डा केसीसँग वार्ता गर्न सरकारले बुधबार शिक्षा सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी टोलीमा सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन्  

सरकारले टोली गठन गरेलगत्तै डा केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो । उक्त टोलीमा डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. कार्की सहभागी छन् ।

चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा केसीले भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका थिए । यो उनको १९औँ अनसन हो । डा केसीले चिकित्सा शिक्षा सुधारका विषयमा विभिन्न ६ बुँदे माग प्रस्तुत गरेका छन्   

अनसन शुरु भएको एक हप्तापछि उनलाई सरकारले जुम्लाबाट काठमाडौँ ल्याएको थियो । डा केसीको जीवन रक्षाको माग गर्दै मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू