बिहीबार, चैत १५, २०८०
15:11 | २०:५६

राष्ट्रपति ट्रम्प चार दिनको उपचारपछि ‘डिस्चार्ज’

रासस/ एएनआई अक्टोबर ६, २०२०


वासिङ्टन ।  कोरोनाभाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएर निवास फर्किएका छन्  ।

उनलाई कोरोनाभाइरस संक्रमण  भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उनी सैनिक अस्पतालमा भर्ना भएका थिए   

राष्ट्रपति ट्रम्प अस्पतालबाट निवास फर्किएपनि उनको  उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् । 

आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ वर्षीय ट्रम्पले बताएका छन् ।  चाँडै  नै आफू सार्वजनिक रुपमा निर्वाचनको काममा लाग्ने पनि जानकारी दिए   

अमेरिकामा आगामी नोभेम्बर २९ तारिखमा राष्ट्रपतिय निर्वाचन हुन लागेको छ भने ट्रम्प पनि प्रतिस्पर्धामा छन्   

ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक भने नभइसकेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार ट्रम्पको अवस्था निवासमा फर्कन मिल्ने खालको रहेको छ तर निवासमा रहँदा पनि उनलाई २४ नै घन्टा उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने व्यवस्था गरिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू