मंगलबार, वैशाख ४, २०८१
13:36 | १८:२१

मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री ‘आउट’, करिश्माको प्रवेश

नेपाली लिङ्क अक्टोबर ४, २०२०

लन्डन । कोरोना संक्रमका कारण हाल स्थगित चर्चित कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ पुन संचालन हुने भएको छ । बरिष्ठ हांस्यकलाकार जितु नेपालले सञ्चालन गर्दै आएको उक्त कमेडी शोमा अब अध्यक्षको भूमिका निर्वाह गर्दै आएकी दीपाश्री निरौला भने नदेखिने भएकी छन् ।

‘सिजन २’ को रुपमा आउन लागेको नयाँ कार्यक्रममा अध्यक्षको भूमिकामा सदाबहार नायिका करिश्मा मानन्धरलाई देख्न पाइनेछ । करिश्मा मानन्धर सहितको कार्यक्रमको केहि भाग छायांकन समेत भइसकेको छ ।

केहि समय अगाडि एक टेलिभिजन अन्तर्वार्ताका कारण दीपाश्री विवादमा तानिएपछि प्रायोजकले कार्यक्रमको फरम्याट परिवर्तन गरेको बताइएको छ । फेसबुकमा स्टाटसमार्फत दीपाश्रीले कार्यक्रममा धेरै परिवर्तन गरिएको र अब चांडै नै दोस्रो सिजन शुरु हुन लागेको जनाउंदै निरन्तर माया र सद्भावको अपेक्षा राखेकी छन् । उनले आफूलाई अध्यक्षको भूमिका निर्वाह गर्न दिएकोमा जितु नेपाल लगायत सम्पूर्ण टिमलाई धन्यबाद दिएकी छन्  ।

निकट भविष्यमा फरक कार्यक्रम लिएर टेलिभिजनको पर्दामा आउने पनि उनले बताएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू