शनिबार, असोज २६, २०८१
13:02
|
१७:४७
अष्ट्रेलियाले न्युजिल्याण्डसँगको सीमा खुला गर्ने
रासस-सिन्ह्वा
अक्टोबर २, २०२०
क्यानबेरा-१६ असोज– अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने भएको छ । कोभिड १९ का कारण निकै लामो समयदेखि बन्द रहेको सो सीमा खुला गर्ने अष्ट्रेलियाले शुक्रबार जानकारी दिएको हो ।
अष्ट्रेलिया सरकारले उक्त सीमा क्षेत्र केही हप्ताभित्रै खुला गर्ने जानकारी दिएको समाचारमा जनाइएको छ ।
अष्ट्रेलियाका उपप्रधानमन्त्री म्याक कोरम्याकले शुक्रबार सो कुराको घोषणा गर्नुभएको हो । अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने जानकारी गराएसँगै अष्ट्रेलियाका पनि न्यु साउथ वेल्स र उत्तरी क्षेत्रको पर्यटकीय क्रियाकलापमा बृद्धि हुने जनाइएको छ ।
न्युजिल्याण्डका नागरिक तथा त्यहाँ रहेका अरु पनि देशका नागरिकले अष्ट्रेलिया प्रवेश पाउन सक्नेछन् । यसका साथै उनीहरुले अष्ट्रेलिया प्रवेश गरेपछि क्वारेन्टिनमा पनि बस्नु नपर्ने भएको छ । उनीहरुले कोभिड १९को संक्रमण नभएको चिकित्सक प्रमाणपत्र देखाएपछि अष्ट्रेलिया प्रवेश पाउने र उनीहरुले यहाँ आएपछि पनि क्वारेन्टिनमा बस्न नपर्ने सरकारले जनाएको छ ।
न्युजिल्याण्डका नागरिक पर्यटकका रुपमा तथा अन्य विविध कामका लागि छिमेकी अष्ट्रेलिया आउने गर्दछन् । त्यसैले पनि अष्ट्रेलियाली नागरिकले सो सीमा क्षेत्र खुला गर्नुपर्ने आवाज पहिले देखि नै उठाउँदै आएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५