शुक्रबार, असोज ४, २०८१
18:52
|
२३:३७
कुवेतमा नयाँ अमिरद्वारा सपथ ग्रहण
रासस/एएनआई
अक्टोबर १, २०२०
कुवेत कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ गरेका छन् ।
सरकारको आपतकालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुवेती अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो । उनी ९१ वर्षका थिए ।
कुवेतको संविधानबमोजिम पूर्व अमिरको निधन भएमा वा पदत्याग गरेमा उनका उत्तराधिकारीलाई नयाँ अमिर घोषणा गर्ने परम्परा छ । तर, नयाँ अमिरको घोषणा भएपनि संसद समक्ष सपथ गरेपछि मात्र पदभार ग्रहण गर्न पाइने संवैधानिक व्यवस्था छ ।
स्वर्गीय अल–सबाह जनवरी २००६ मा कुबेतको अमिर बनेका थिए । त्यसअघि कुबेतमा शेख जाबेर अल–सबाह अमिर थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ