शनिबार, चैत ८, २०८१
अफगानिस्तानमा बारुदी सुरुङमा परि १५ को मृत्यु


रासस–एएनआई
सेप्टेम्बर २९, २०२०
काबुल, १३ असोज––मध्य अफगानिस्तानको डेकुन्डी प्रान्तमा भएको बम बिस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता तारिक आरियनका अनुसार डकुन्डीको कर्जान जिल्लामा तालिबान लडाकू समूहले बिछ्याएको भूमिगत बारुदी सुरुङ बिस्फोटबाट ठूलो क्षति पुगेको हो । उनले बिस्फोटबाट मारिनेमा अधिकांश महिला र बालबालिका रहेको जानकारी दिए ।
तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन । अफगान सरकार र तालिबानबीच कतारको राजधानी दोहामा वार्ता जारी रहेकै अवस्थामा सशस्त्र भिडन्त र बम बिस्फोटनका घटना रोकिएका छैनन् ।
अन्तर–अफगान वार्ता गत सेप्टेम्बर १२ देखि जारी छ । दुबै पक्षले अफगानिस्तानमा जारी लामो सशस्त्र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले दिर्घकालीन युद्धबिराम गर्न प्रयासरत रहेको बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५