शुक्रबार, चैत १६, २०८०
12:47 | १८:३२

अफ्रिकी मुलुक युगान्डामा कोरोनाबाट एक नेपालीको मृत्यु

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२०

युगान्डा । अफ्रिकी मुलुक युगान्डाको कम्पालामा बस्दै आएका एक नेपाली युवाको कोरोना संक्रमणका कारण  निधन भएको छ । उनी विगत १४ वर्षदेखि युगान्डामा बस्दै आएका थिए ।

पर्वत घर भएका ४७ वर्षीय प्रताप सेन ठकुरी (अर्जुन) को कोरोना संक्रमणका कारण मृत्यु भएको एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

थापाले मृतकप्रति श्रद्दान्जली व्यक्त गर्दै शोक संतप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि पनि अफ्रिकाको जोहान्सबर्गमा पाँचथर घर भएका ३४ वर्षीय नियालसन बोखिम लिम्बुको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

युगान्डामा कोरोना संक्रमणका कारण हालसम्म ६३ जनाको ज्यान गैसकेको छ । यसैगरी पछिल्लो तथ्याँक अनुसार युगान्डामा कुल संक्रमित संख्या ६ हजार ४ सय ६८ रहेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू