बिहीबार, चैत १५, २०८०
09:22 | १५:०७

बिल गेट्सका पिताको ९४ वर्षमा निधन

रासस / एएनआई सेप्टेम्बर १६, २०२०


वासिङ्टन । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको हो ।

विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो । उनी अल्जाइमरको विरामी थिए ।

विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो । उनको निधनपछि विल गेट्सले पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताएका छन्  । उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन् ।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाएका छन् ।   विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए । उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू