मंगलबार, वैशाख ११, २०८१
14:25 | १९:१०

भारतमा २४ घन्टाभित्र ९१ हजार बढी संक्रमित

एकैदिन संक्रमित यो हालसम्मको सर्वाधिक संख्या

रासस सेप्टेम्बर ७, २०२०

नयाँदिल्ली । भारतमा कोरोना बिरामीको आँकडा ४२ लाख पार भइसकेको छ । हालसम्म ४२ लाख २ हजार ५ सय ६२ व्यक्ति संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ९१ हजार ७ सय २३ नयाँ बिरामी थपिएका छन् । सबैभन्दा बढी कोरोना संक्रमित हुने मुलुकमा ब्राजिललाई पछि पार्दै अमेरिकापछि भारत दोस्रो स्थानमा पुगेको छ ।

एकैदिन भेटिएको यो हालसम्मको सर्वाधिक संख्या हो । यसअघि शनिबार ९० हजार ६ सय बिरामी भेटिएका थिए । यस्तै भारतमा ३२ लाखभन्दा बढी संक्रमित निकोसमेत भइसकेका छन् ।

आइतबार ६८ हजार ८ सय १२ संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरियो । यस्तै ८ लाख ८१ हजार ६ सय ९१ बिरामीको अहिले पनि उपचार जारी छ । ७१ हजार ६ सय ८७ बिरामीको मृत्यु भइसकेको छ ।

आइतबार महाराष्ट्रमा मात्रै २३ हजार ३ सय ५० नयाँ संक्रमित भेटिए । एकैदिन भेटिएका संक्रमितको यो सबैभन्दा ठूलो संख्या हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू